एभरेस्ट बैंक लिमिटेडले पूर्वी पहाडी जिल्लामा दुई शाखा विस्तार गरेको छ।
बैंकले यही ११ गते पाँचथरको फिदिम नगरपालिका १ मा १३०औँ शाखा र १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा १३१औं शाखा सञ्चालनमा ल्याएको हो।
यी दुई शाखासँगै कोशीमा बैंकको शाखा संख्या २० पुगेको छ।
यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरूमार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकका नेपालमा करिब १४ लाख बढी ग्राहक छन्। बैंकको १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
Shares

प्रतिक्रिया