समाज


कोसीमा ५ महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटना

कोसीमा ५ महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटना

नेपालखबर
पुस १२, २०८१ शुक्रबार ७:५८, झापा

कोसी प्रदेशमा पाँच महिनामा तीन हजार ४९८ सवारी दुर्घटना भएको छ। त्यसमध्ये दुई हजार ९२ मोटरसाइकल दुर्घटना भएको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

साउनदेखि मंसिरसम्ममा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।

‘पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ’, उनले भने, ‘तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानवीय क्षति धेरै भएको छ।’

यो अवधिमा सवारी दुर्घटनामा परी  १९१ जनाको मृत्यु भएको छ भने ३२७ जना गम्भीर घाइते भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad