कोरोनाविरुद्धको भ्याक्सिन आगामी महिनाको अन्तिमबाट मानिसमा परीक्षण थालिने तय भएको मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै चीनको शिक्षा मन्त्रालयले जानकारी दिएको हो।
अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण थालेकै दिन चीनले पछिल्लो घोषणा गरेको हो।
सिन्ह्वाका अनुसार चीनको उच्च शैक्षिक संस्थाहरुले कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गरेका हुन्। हाल उक्त भ्याक्सिन जनावरमा परीक्षण भइरहेको छ।
विश्वको १ सय ५० भन्दा बढी मुलुकमा फैलिएको कोरोनाका कारण हाल १ लाख ८७ हजार ४०४ जना संक्रमित छन्। यसबाट ७ हजार ४७८ को मृत्यु भइसकेको छ।
चीनमा मात्र ८० हजार ८४८ संक्रमित छन्। त्यहाँ ३ हजार २२६ को मृत्यु भएको छ।

प्रतिक्रिया