समाज


राशिफल ५ पुस : वृषको कुरामा विपरीत अर्थ लाग्ने, मकर सानो भूलका कारण अपमानित बन्ने, तपाईँको के?

राशिफल ५ पुस : वृषको कुरामा विपरीत अर्थ लाग्ने, मकर सानो भूलका कारण अपमानित बन्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
पुस ५, २०८१ शुक्रबार ४:३३, काठमाडौँ

आज शुक्रबार, ५ पुस २०८१ (२० डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। वाक्चातुर्यले सङ्कल्पसिद्ध हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्ग फक्रनेछ। साँझमा व्यस्तता बढ्छ। स्वास्थ्यप्रति सजगता अपनाउनु होला।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। नियमित खर्चसमेत बढ्ने योग छ। सामाजिक कार्यमा भने सफलता मिल्नेछ। साँझको समय प्यारो साथीसँग बित्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

मिथुन : नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। साँझमा अनावश्यक ठाउँमा धन खर्च होला। खानपान र स्वास्थ्यप्रति सजग रहनु होला।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वादिष्ट भोजन खान पाइनेछ। पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ला। लोकप्रियताको अवसर प्राप्त हुनेछ। नयाँ कमको योजना समेत बन्ने देखिन्छ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

सिंह : नयाँ र शुभ समाचार सुन्न पाइएला। आँटे-ताकेको कार्यमा ढिलाइ भए पनि पूरा हुन्छ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्धको कोपिला फक्रनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। मनमा दुबिधा उत्पन्न हुन्छ। व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ। आफन्तको साथ-सहयोग रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

तुला : रोकिएका काम पुनः सुरु हुनेछन्। घुमघाम र भ्रमणमा दिन बित्नेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुनेछ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। आफन्तले पनि सहयोग गर्नेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ। मनमा उत्साह हुनुका साथै बोली बिक्नेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मानसम्मान र पद प्रतिष्ठामा वृद्धि होला। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु : अलङ्कारको प्राप्ति हुनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नियमित खर्चमा भने बढोत्तरी हुने देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

मकर : आँटेको कार्यमा बाधा आउन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ। साँझमा गरेको आर्थिक कारोबारमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। अरूलाई होच्याएर नबोल्ने।

कुम्भ : दिन भाग्यशाली भएर देखा पर्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुन्छ। स्वास्थ्यप्रति भने सतर्कता अपनाउनु पर्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ। लामो समयपछि नजिकको मित्रसँग भेट हुनेछ। घुमफिरमा जाने योजना बन्न सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad