समाज


राशिफल ४ पुस : सिंहको प्रेमीले भाषा परिवर्तन गर्ने, कन्याको घरमा पाहुना आउने, तपाईँको के?

राशिफल ४ पुस : सिंहको प्रेमीले भाषा परिवर्तन गर्ने, कन्याको घरमा पाहुना आउने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
पुस ४, २०८१ बिहिबार ४:३५, काठमाडौँ

आज बिहीबार, ४ पुस २०८१ (१९ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-


मेष : आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सानातिना समस्यामा अल्झनुपर्नेछ। मन चञ्चल हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४५, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

वृष : परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ। श्रममूलक वा कृषि क्षेत्रका काममा मन जानेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : पुण्य आर्जनक‍ो काममा संलग्न भइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ। स्वास्थ्यप्रति भने सजग रहनु पर्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६२, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कर्कट : मनमा खुसियाली छाउला। धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५५, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने

सिंह : प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। वैदेशिक काम सफल रहनेछ। साँझमा आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। रमाइलो यात्राको योग छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। घरमा पाहुना आउनेछन्। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

भाग्यशाली रङ खैर‍ो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला : धार्मिक र अरूको हित हुने काममा समय व्यतीत हुनेछ। बन्धुबान्धवबाट विशेष सहयोग मिल्ला। प्राविधिक काममा सफल भइनेछ। साथीभाइले सहयोग गर्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। असहायलाई नहेप्ने।

वृश्चिक : अरूको मन जित्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। धन हात पर्न पनि सक्छ। खानपानमा ध्यान पुर्‍याउन आवश्यक छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ७४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ८० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

धनु : सानातिना समस्यामा अल्झनुपर्नेछ। मनमा चञ्चलता बढ्नेछ। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। स्वास्थ्यमा समस्या आउला। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

भाग्यशाली रङ हरिय‍‍ो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ७० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : विशेष अवसर आउनाले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धु बान्धवबाट सहयोग पाइनेछ। नजिकका मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। रुखो बोली नगर्ने।

कुम्भ : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। सामाजिक क्षेत्रमा चर्चित भइनेछ। नोकरीमा मानसम्मान मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५१, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन : नयाँ कार्यको योजना बन्नेछ। स्वादिष्ट भोजन खान पाइनेछ। कतै घुम्न जाने योजना बन्ला। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ।

भाग्यशाली रङ सेत‍ो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad