समाज


सिस्नेरी-दक्षिणकाली सडक आजदेखि ९ दिनका लागि बन्द

सिस्नेरी-दक्षिणकाली सडक आजदेखि ९ दिनका लागि बन्द

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८१ बुधबार १०:४१, काठमाडौँ

काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने छोटो दुरीको सिस्नेरी-दक्षिणकाली र कुलेखानी-फाखेल-मातातीर्थ सडक खण्ड नौ दिनका लागि बन्द भएको छ। 

सडक स्तरोन्नतीको लागि आज (बुधबार) देखि यही पुस ११ गतेसम्मका लागि दक्षिणकालीबाट कुलेखानी निस्कने दुवै सडक खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

दक्षिणकाली-छैमलेमा खण्डमा कालोपत्र गर्नको लागि यातायात बन्द गरिएको हो। त्यसैगरी सडकको स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि पनि यातायात सञ्चालनमा रोक लगाइएको छ।

यी सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग जस्तै हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजपथ, नारायणगढ-मुग्लिन सडकमा भएर यात्रा गर्न  पनि जिल्ला प्रहरी  कार्यालय मकवानपुरले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad