आज (बुधबार) कर्णालीबाहेक बाँकी ६ वटै प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेनिटअनुसार आज दिउँसो तथा राति दुवै समय कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। मुख्यतया सफा भनेको कतै कतै पातलो बादल देखिए पनि समग्रमा आकाश सफा रहेको अवस्था हो।
तर आज दिउँसो कर्णालीका प्रदेशमा हिमाली र पहाडी क्षेत्रमा मौसम आंंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिलाई भने कर्णाली प्रदेशमा पनि मौसम मुख्यतया सफा रहने जनाइएको छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा थोरै बादल लागेको अवस्था हो।
तलको तालिकामा हेर्नुहोस् आजको मौसम विवरण (स्रोत : मौसम पूर्वानुमान महाशाखा)

Shares

प्रतिक्रिया