समाज


परीक्षणै नगरी कोरोना संक्रमण नभएको हल्लाः डा.दीक्षित

परीक्षणै नगरी कोरोना संक्रमण नभएको हल्लाः डा.दीक्षित

नेपालखबर
चैत ४, २०७६ मंगलबार १०:५८,

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एक जनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले संकास्पद व्यक्तिमाथि परीक्षण नभएको आरोप लगाएका छन्।

भएका केही किटबाट भीभीआइपीको मात्र परीक्षण भएको उनले आरोप लगाए। कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै डा. दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाए।

‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन एउटालाई मात्रै देखिएको थियो नेपालमा त कोरोना भाइरस छँदैछैन टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त?’ उनले भने। उनले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको समेत दाबी गरे।

सरकारसँग भएका केही किटहरु भीभीआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको समेत आरोप लगाए। यो अवस्था खतरनाक भएको उनको भनाइ थियो। एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भए पनि सरकारले परीक्षण नगरेको उनले सुनाए। उनले आफ्नो अस्पतालमा अझै पनि ३ जना संकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परीक्षण नगरिदिएको जनाए।

साक्षत्कारमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताएका थिए। ‘कालोबजारी गरेको पाइए र कसैले पनि यही मौकालाई छोपेर कमाउने धन्दामा लाग्ने, कृतिम अभाव सिर्जना गर्ने गरेको पाइएमा हामी कुनैपनि हालतमा छोडदैनौं, निर्दयीपूर्वक प्रस्तुत हुन्छौं’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad