नेपालका लागि भारतका नवनियुक्त राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्।
राजदूत क्वात्राले मंगलबार जंगी अड्डामा प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता गरेका जंगी अड्डाले जनाएको छ।
भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत क्वात्राबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया