कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानुन व्यवसायीहरु करको दायरामा आएको बताएका छन्।
सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।
२१ हजार कानुन व्यवसायीहरुमध्ये १३ हजार कानुन व्यवसायी करको दायरामा आइसकेको उल्लेख गर्दै उनले कानून व्यवसायीहरुको नवीकरण पनि कर नतिरेसम्म नगर्ने भनेपनि उनीहरु करको दायरामा आएको बताए।
सचिव सापकोटाले नवप्रवेशी कानुन व्यवसायीहरुलाई कानुन व्यवसायी परिषद्ले तालिम दिइरहेको समेत उल्लेख गरे।
33
Shares

प्रतिक्रिया