कारोबार


५१ अंकले ओर्लिएको बजारमा झण्डै ६ अर्बको सेयर कारोबार

५१ अंकले ओर्लिएको बजारमा झण्डै ६ अर्बको सेयर कारोबार

नेपालखबर
पुस १, २०८१ सोमबार १५:२३, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से आज ५१.३७ अंकले घटेको छ। 

१.९१ प्रतिशतले घटेर नेप्से २६३०.९१ विन्दुमा आइपुगेको हो। 

यसका बाबजुद ५ अर्ब ९३ करोड ५६ लाखको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ। कुल १ करोड २७ लाख कित्ता सेयर बिक्रीमा यो कारोबार भएको हो। 

आज १५ वटा सेयर मात्रै बढ्दा २२७ वटा सेयरको मूल्य घटेको र दुईवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

आज कुथेली बुखारी हाइड्रोको सेयर १० प्रतिशतले बढ्दा सेयरधनीले ३०० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। त्यसैगरी जोशी हाइड्रो ८.७० प्रतिशत, कुमारी सबल योजना ५ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनी ३.९८ प्रतिशत र मन्दाकिनी हाइड्रोको ३.९७ प्रतिशतले सेयर बढेको छ। 

तर जानकी फाइनान्सका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयर ९.५८ प्रतिशतले घटेको हो। यसैगरी नेपाल फाइनान्सको पनि ७.४५ प्रतिशतले सेयर घटेको छ। 

कारोबारमा भने आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २६ करोडको सेयर किनबेच भएको छ। त्यसपछि जोशी हाइड्रोपावरको १८ करोड, जानकी फाइनान्सको १८ करोड, हिमालयन रिइन्स्योरेन्सको १५ करोड र नेपाल फाइनान्सको १२ करोडको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad