समाज


राशिफल १ पुस : मेष परीक्षामा पास र मीनको सरुवा हुने, वृषको महत्त्वपूर्ण काम बिग्रने, तपाईँको के?

राशिफल १ पुस : मेष परीक्षामा पास र मीनको सरुवा हुने, वृषको महत्त्वपूर्ण काम बिग्रने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
पुस १, २०८१ सोमबार ४:३७, काठमाडौँ

आज सोमबार, १ पुस २०८१ (१६ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रका अधुरा काम पूरा हुनेछन्। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट प्रशस्त फाइदा हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृष : मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला। स्वास्थ्य प्रतिकूल रहन सक्छ। आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नहेप्ने।

मिथुन : मन पर्ने वस्त्र, अलङ्कार उपहार पाइनेछ। भ्रमण र तीर्थाटनको योग छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : सांस्कृतिक कार्यमा सरिक भइनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह : पुनर्मिलनको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। स्थानान्तरण र सफल यात्राको सम्भावना छ। ठूला व्यक्तिहरूसँगको भेटघाटले मन प्रसन्न हुनेछ। मध्यान्हमा बोलीको विपरीत अर्थ लाग्न सक्छ।

भाग्यशाली रङ आकासे हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। विगतका समस्या बल्झिन सक्छन्। प्रेमी/प्रेमिकाबीच मतभेद बढ्ला। वैदेशिक र प्राविधिक कामबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

तुला : आँटे-ताकेको पूरा हुनेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। उपहार पाउने योग छ। स्वादिष्ट भोजन खान पाइएला। धर्मकर्म र समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक : दिन भाग्यशाली भएर देखा पर्नेछ। प्रतिस्पर्धामा जित हुनेछ। विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

धनु : सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। विदेशिएका विद्यार्थीले सफलता हासिल गर्नेछन्। प्रेमी वा विश्वासपात्रले साथ दिनेछन्। मुद्दामामिलामा विजयी भइनेछ। सेयर बजारले भने धोका दिन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मकर : सुखदुःख बराबरी रहनेछ। मानसिक चिन्ता बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रशंसकहरूले नै आलोचना गर्न सक्छन्। साँझमा भने प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ।

भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५० र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : साथीभाइसँग समय बित्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नजिकका व्यक्तिसँगको सहकार्यबाट कार्य पूरा हुनेछ। धार्मिक र शुभ कार्यमा संलग्न भइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। रिसक्के लामो यात्रा नगर्ने।

मीन : नवीनतम् ज्ञान सिक्ने मौका मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ हुनेछ। बढुवा तथा सरुवाको योग छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। मध्य दिनमा भने धनमाल हराउने योग भएकाले सजग रहनुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad