समाज


११ र १२ कक्षा अनुत्तीर्ण २१ वर्ष पुराना परीक्षार्थीले फारम भर्ने म्याद थप

११ र १२ कक्षा अनुत्तीर्ण २१ वर्ष पुराना परीक्षार्थीले फारम भर्ने म्याद थप

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १०:५०, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि सञ्चालन गर्न लागेको परीक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको छ। 

बोर्डले आज सूचना जारी गर्दै पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरुका लागि संचालन गर्न लागिएको परीक्षाको फारम भर्ने म्याद आगामी पुस १२ गतेसम्मको लागि थप गरिएको जनाएको हो। यसअघि बोर्डले मंसिर २७ गतेभित्र फारम भर्न सूचित गरेको थियो।

बोर्डले यसअघिका परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेअनुसार फारम भर्न त्यस्ता विद्यार्थीलाई आह्वान गरेको हो। 

विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ। त्यस्ता विद्यार्थीको संख्या झण्डै १४ लाख रहेको बोर्डले जनाएको छ। 

बोर्डका अनुसार २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन्। यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको अनुमान बोर्डको छ।

मौका परीक्षामा सहभागी हुन फाराम भर्ने परीक्षार्थीको सङ्ख्या हेरेपछि कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा बोर्डले निर्णय गर्नेछ। १४ लाख विद्यार्थीले नै मौका परीक्षामा सहभागी हुन फाराम भरे भने चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad