कारोबार


सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार ११:१०, काठमाडौँ

तीन दिनमा चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार दुईसय रुपैयाँ घटेको छ।

सुनको मूल्य आज तोलाको एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि आज सस्तिएको छ।

गएको सोमबार तोलामा चारसय, मंगलबार दुई हजार एकसय र बुधार दुई हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार (हिजो) स्थिर थियो। हिजो एक लाख ५४ हजार दुईसय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ घटेको हो।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज प्रतितोला ६५ रुपैयाँ घटेर एक हजार आठसय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य आज एक हजार नौसय २५ रुपैयाँ थियो। 

विगत तीन दिनसम्म स्थिर रहेको चाँदीको मूल्य आज घटेको हो। 

अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad