सवारी चालकबाट कोरोन फैलने सम्भावना भएपछि मापसे परीक्षणलाई तत्कालका लागि स्थगित गरिएको महाराष्ट्र राजमार्ग प्रहरीका महानिर्देशक विनय कारगावनकरले बताएका छन्।
इन्डिया टुडेकाअनुसार महाराष्ट्रमा हालसम्म ३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यो संख्या भारतका अन्य राज्यमा भन्दा बढी हो।
प्रहरीलाई कोरोनाबाट जोगाउन त्यहाँको प्रशासनले मापसे परीक्षण तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको जनाइएको छ।
हालसम्म भारतमा १ सय २९ जनामा कोरोनको संक्रमण देखिएको छ। हालसम्म त्यहाँ ३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया