ad ad

समाज


कोरोना भाइरसबाट बच्न साझा बसको यात्रा सुरक्षित

कोरोना भाइरसबाट बच्न साझा बसको यात्रा सुरक्षित

नेपालखबर
चैत ४, २०७६ मंगलबार ६:७,

काठमाडौं उपत्यकाका विभिन्न रुटमा सञ्चालन हुने साझा बसले आफ्ना यात्रुलाई कोरोना भाइरस संक्रमण नहोस् भनेर सुरक्षाको उपाय अपनाएको छ।

आफ्ना यात्रुको स्वास्थ्य सुरक्षाका लागि साझा यातायातले आफ्ना बसमा नियमित रूपमा कीटाणुनासक औषधि छर्किने तथा सरसफाइ गर्ने गरेको हो।

sajha yatayat corona 3

चार दिनदेखि आफ्ना सबै गाडी सञ्चलान गर्नुअघि राम्रोसँग सफा गरेर भाइरस मार्ने स्प्रे छर्किने गरेको साझा यातायातले जनाएको छ।

धेरै छोइने बसका सिट, ढोका, समात्ने डन्डी, झ्याललगायत हातले बढी छोइने भागमा सेनिटाइजर छर्किने गरिएको छ।

साथै बसका चालक तथा सहचालकलाई स्वास्थ्य परीक्षण गराएर मात्र काम गर्न दिइने गरिएको साझा यातायातले जनाएको छ।

यसै क्रममा मंगलबार बिहान पनि साझा यातायातले आफ्ना सबै गाडीहरु सफा गरेर मात्रै सञ्चालन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .