‘युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्ट्याबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिका रिपब्लिक (मिनुस्का) मा तैनाथ लाइट इन्फ्यान्ट्री बटालियन (एलआईबी) अन्तर्गत श्री महावीर गण (रेञ्जर) (शान्ति सेना) दोश्रो डफ्फा स्वदेश फर्किएको छ।
उक्त गणलाई बदली गर्नका लागि श्री युद्धभैरव गण (शान्ति सेना) तेश्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली, प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोश्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी हरी कुमार पाण्डेको नेतृत्वमा मंसिर २५ गते नै स्वदेश फिर्ता भएका छन्।
हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत छन्।
Shares

प्रतिक्रिया