काठमाडौँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियसमा झरेको हो।
यसअघि आजै बिहान ५:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पछिल्लो नै हो।
महाशाखाको सूचीअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा –६.५ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम विराटनगरमा १४.३ डिग्री सेल्सियस छ।
हेर्नुहोस् देशभरको तापक्रम सूची (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)-

हिउँदयाम हुन्जेल तापक्रम थप घट्ने क्रम जारी रहने मौसमविद्ले बताएका छन्। यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँद लागेको हो। यो याम तीन महिनासम्म रहन्छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसैले आजको अधिकतम तापक्रमचाहिँ साँझ मात्र आउनेछ।
Shares

प्रतिक्रिया