समाज


तराईको धेरैजसो भूभागमा हुस्सु र कुहिरो

तराईको धेरैजसो भूभागमा हुस्सु र कुहिरो

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८१ बुधबार ६:४९, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

यतिबेला (बुधबार बिहान) कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि कोसी प्रदेशमा आंशिक बदली रहने छ। आज राति पनि कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

भोलि (बिहीबार) पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

त्यसैगरी आगामी शुक्रबार कर्णाली र शुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

बिहानको समयमा देशको तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad