समाज


कञ्चनपुरमा वन हेरालुलाई जंगली हात्तीको बथानले आक्रमण गर्‍यो

कञ्चनपुरमा वन हेरालुलाई जंगली हात्तीको बथानले आक्रमण गर्‍यो

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८१ बुधबार ७:१९, काठमाडौँ

जंगली हात्तीले आक्रमण गर्दा कञ्चनपुरको पुनर्वास नगरपालिका १० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएका छन्।

स्थानीय मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला मंगलबार साँझ वन हेरालु विष्टमाथि हात्तीले आक्रमण गरेको हो। 

झाडीबाट निष्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए।  

घाइते विष्टको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार केन्द्र (आईसीयू) मा उपचार भइरहेको छ। 

वन क्षेत्रमा हात्तीका दुई छावासहित २०/२५ को सङख्यामा हात्तीको बथान रहेका स्थानीयले बताएका छन्। 

जङ्गली हात्ती लालझाडी संरक्षित वन क्षेत्रमै भएकाले छेउछाउका बस्तीका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad