समाज


काठमाडौँमा दुई जना पुरुष मृत फेला

काठमाडौँमा दुई जना पुरुष मृत फेला

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १४:२६, काठमाडौँ

काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन्।

काठमाडौँ महानगरपालिका-१४, बल्खुमा डेरा गरी बस्ने महोत्तरी भँगाह नगरपालिका-४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेका छन्। 

उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। 

यस्तै, काठमाडौँ महानगरपालिका-२४ नरदेवीमा पनि अर्का पुरुष मृत फेला परेका छन्। 

उनको हाल नाम, थर, वतन खुलेको छैन। अन्दाजी ६० वर्षीय देखिने पुरूषको पहिचान गर्न पहल भइरहेको र अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad