समाज


नागार्जुनमा २ तोलाको सुनको सिक्री लुटेर मोटरसाइकलमा भागेका २ जना पक्राउ

नागार्जुनमा २ तोलाको सुनको सिक्री लुटेर मोटरसाइकलमा भागेका २ जना पक्राउ

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १३:३५, काठमाडौँ

सुनको सिक्री लुटेको आरोपमा काठमाडौँको नागार्जुनबाट प्रहरीले दुई जनालाई पक्राउ परेको छ। उनीहरुलाई लुटिएको सिक्री र मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर- २ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ४ शरणपुर बस्दै आएका ४२ वर्षीय गोरे तामाङ र मोटसाइकल चालक काठमाडौँ महानगरपालिका १५ बिजेश्वरी घर भएका ३९ वर्षीय कृणप्रसाद श्रेष्ठ छन्। श्रेष्ठ मोटरसाइकल चालक हुन्।

यही मंसिर २० गते उनीहरुले नागाजुर्न नगरपालिका ६ टौखेल बस्ने ७२ वर्षीया मैया बुढाथोकीको  दुई तोलाको सुनको सिक्री लुटेर फरार भएका प्रहरीको आरोप छ।  

प्रहरीका अनुसार बा ९६ प ५७१७ नम्बरको अप्पाची मोटरसाइकलमा सवार उनीहरुले बुढाथोकी घर नजिक बसिरहेको बेला सिक्री लुटेर फरार भएका थिए। 

लुटपाटको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट प्रहरी टोली परिचान भएको थियो। उनीहरुलाई मोटरसाइकल तथा लुटिएको सुनको सिक्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad