दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ ले यतिखेर विश्वभरिको बक्स अफिसमा आक्रामक व्यापार गरिरहको छ। यस फिल्मलाई हेर्न हलमा निकै बाक्लो भिडभाड छ।
हालै फिल्म ‘पुष्पा २’ को हैदराबादमा प्रिमियर शो आयोजना गरिएको छ। जहाँ भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो। महिलाको मृत्युपछि थिएटर टिम र अल्लु अर्जुनमाथि उजुरी परेको थियो।
अभिनेता आफैँले मृतकका परिवारलाई २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए। यसैबीच, अल्लु अर्जुनले आफू मृतक परिवारलाई सहयोग गरेको बताएका छन्।
अर्जुनले फ्यानको मृत्युको बारेमा कुरा गर्दै ३ मिनेट ४७ सेकेन्ड लामो भिडिओमा भनेका छन्, ‘सन्ध्या थिएटरमा भएको दुस्खद घटनाले गहिरो हृदयविदारक छ। हामी भर्खरै आरटीसी क्रसरोडमा पुष्पाको प्रिमियरमा गयौं, अप्रत्याशित रूपमा त्यहाँ ठूलो भिड थियो। हामीले भोलिपल्ट बिहान मात्रै रेवतीको मृत्युबारे थाहा पायौँ।’
यो खबर थाहा पाउँदा आफू, निर्देशक सुकुमार र पुष्पाको सिङ्गो टिम स्तब्ध भएको उनको भनाइ छ।
अर्जुनले मृतक महिलाको उपचार खर्चसहित भविष्यमा बालबालिकालाई आवश्यक पर्ने जतिसुकै हेरचाह गर्ने वाचा गर्दै मृतक परिवारलाई २५ लाख रुपैयाँ सहयोग गरेको दाबी गरे।
उनले भने, ‘हामीले भनेका वा गर्ने कुनै पनि कुराले घाटा कम गर्न गर्न सक्दैन। तर, विशेष गरि बच्चाहरूको लागि भनेर २५ लाख दिएका छौं। हामी कुनै पनि चिकित्सा खर्च पनि कभर गर्ने छौं। हामी बुझ्छौं कि यो परिवारलाई गाह्रो छ।’
Shares

प्रतिक्रिया