समाज


रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

नेपालखबर
मंसिर २३, २०८१ आइतबार ९:१९, काठमाडौँ

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदै छ। 

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई पछिल्लोपटक थपिएको हिरासत म्याद सकिएकाले आज अदालत लगेर म्याद थप गर्न लागिएको हो।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पाँचौँपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो। 

उक्त म्याद शुक्रबार (मंसिर २१ गते) राति नै सकिएको भए पनि हिजो शनिबार परेकाले आज अदालत खुलेसँगै लामिछानेविरुद्ध छेटौँपटक म्याद थप्न लागिएको हो।  

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीवरुद्ध फेरि हिरासत म्याद थप्न लागिएको हो। 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो। 

यसबीच लामिछानेलाई बुटवल, चितवन, काठमाडौँका तीन छुट्टाछुट्टै सहकारी ठगी आरोपमा पनि ती स्थानमा लगेर बयान लिइसकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad