राजनीति


रविमाथि अमानवीय व्यवहार भएको भन्दै निकिता पुगिन् मानव अधिकार आयोग

रविमाथि अमानवीय व्यवहार भएको भन्दै निकिता पुगिन् मानव अधिकार आयोग

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १८:५१, काठमाडौँ

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव अधिकार हनन भएको भन्दै उनकी पत्नी निकिता पौडेल राष्ट्रिय मानव अधिकार आयोग गुहार्न पुगेकी छन्।

उनले शुक्रबार आयोगमा गएर लामिछानेलाई हिरासतमा यातना दिएको, अमानवीय व्यवहार गरेको लगायतका आरोप लगाएर छानबिनका लागि निवेदन पनि दिएकी छन्।

पौडेलले आयोगका सचिव मुरारी खरेललाई उक्त निवेदन बुझाएकी हुन्।

रवि कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।

यस क्रममा उनलाई कास्की, रूपन्देही, काठमाडौँ र चितवनमा बयान लिइएको छ। हाल उनी कास्की प्रहरीको हिरासतमा छन्।

पछिल्लोपल्ट चितवनबाट कास्की लैजाँदा रातारात अमानवीय शैली अपनाएको भन्दै रास्वपाले पनि आपत्ति प्रकट गरी विज्ञप्ति जारी गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad