ad ad

समाज


अमेरिकामा कोरोनाले संक्रमित दुई डाक्टरको अवस्था गम्भीर

अमेरिकामा कोरोनाले संक्रमित दुई डाक्टरको अवस्था गम्भीर

नेपालखबर
चैत ३, २०७६ सोमबार १०:३८,

अमेरिकन कलेज अफ इमरजेन्सी फिजिसियन्स एसीइपीका अनुसार आपतकालीन सेवामा कार्यरत दुई डाक्टर गम्भीर बिरामी परेका छन्।

वासिङ्टनका ४० वर्षका एक डाक्टर र अर्का ७० वर्षका न्यु जर्सीका डाक्टरको अवस्था नाजुक बनेको एसीइपीलाई उदृत गर्दै सीएनएनले जनाएको छ।

हालसम्म अमेरिकामा ३ हजार ८०२ मा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या ६९ पुगेको छ।

१ सय ५० भन्दाबढी देशमा फैलिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ।

हालसम्म कोरोना भाइरसको औषधि बनिसकेको छैन। अमेरिकामा कोरोनको औषधि परीक्षणमा छ। सोमबारदेखि अमेरिकामा कोरोनाको औषधि परीक्षण हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .