चितवनको सहारा सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ।
मंगलबारदेखि रविको जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बयान सुरु भएको थियो।
बुधबार बिहान साढे ८ बजे उनलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको थियो।
बयान सकेर बेलुका साढे ९ बजे रविलाई जिल्ला प्रहरी कार्यालय चितवनमा फर्काइएको छ।
अब उनलाई पोखरा लगिने छ।
चितवनको सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप उनीसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालकमाथि छ।
यसअघि पूर्व सञ्चालक एवम् पूर्व डीआईजी छविलाल बन्जाडे जोशीको पनि बयान गराएर मंगलबार बिहान पोखरा फर्काइएको थियो।
उनीहरुलाई सुरुमा जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको हो। हिरासतमा राख्न पनि जिल्ला अदालत पोखराबाटै म्याद लिइएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा अनुसन्धान गरिरहँदा अरु चार वटा सहकारीको पनि अनुसन्धान अगाडी बढाइएको छ।
पोखरामा अनुसन्धान चलिरहँदै बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र पर्साको सानापाइला सहकारीमा पनि अनुसन्धान भइरहेको छ।
सानापाइला सहकारीको अनुसन्धानका लागि पनि प्हरीले अदालतबाट पक्राउ अनुमति लिइसकेको छ।
अब रवि र छिवलाई नै पर्सा लैजाने प्रहरीको तयारी छ। अदालतले दिएको म्याद आगामी शनिबार सकिँदैछ।
Shares

प्रतिक्रिया