समाज


२० मंसिरको राशिफल: कन्याको गोप्य सूचना बाहिरिने, धनुले शुभ समाचार सुन्न पाउने, तपाईँको के?

२० मंसिरको राशिफल: कन्याको गोप्य सूचना बाहिरिने, धनुले शुभ समाचार सुन्न पाउने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
मंसिर २०, २०८१ बिहिबार ४:१७, काठमाडौँ

आज बिहीबार, २० मंसिर २०८१ (५ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष: सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। काममा प्रशंसा, बढुवा वा उन्नति हुनेछ। नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता मिल्नेछ। प्रणयसम्बन्ध प्रगाढ हुने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। झुट नबोल्ने।

वृष: कतैकतै झैझमेलाको अवस्था आउला। घरको वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्य कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग छ। परीक्षा वा प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमणीय र सुखद् यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।

कर्कट: अध्ययन अध्यापन सफल रहनेछ। श्रमदान गर्ने अवसर मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। बिलासी बस्तुको प्रयोग गर्न पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

सिंह: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दिन मनोरञ्जनपूर्ण रहनेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। पुनर्मिलनको योग छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या: गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु राम्रो हुनेछ तर आफन्तको साथ र सहयोग पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

तुला: नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। न्यायीक कार्यमा सफलता मिल्नेछ। पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

धनु: शुभ समाचार सुन्न पाइएला। सजिलै अरूको मन जित्न पनि सकिनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।

मकर: टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। साँझमा भने प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: आकस्मिक धनलाभ हुनसक्छ। वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। माया प्रेममा सामीप्यता बढ्नेछ। सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले घरबाट निस्किँदा गुण खाने। निलो रङको प्रयोग नगर्ने।

मीन: सामाजिक कार्यमा सफलता मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२% प्रतिशत मिल्नेछ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad