ad ad

समाज


कोरोना संक्रमणले एकै दिन ५०० जनाको मृत्यु

कोरोना संक्रमणले एकै दिन ५०० जनाको मृत्यु

नेपालखबर
चैत ३, २०७६ सोमबार १:२४,

कोरोना भाइरस संक्रमणका कारण एकै दिन ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण फैलिएयता आइतबार एकै दिन सबैभन्दा बढी बिरामीको मृत्यु भएको हो।

पछिल्लो समय कोरोना भाइरसको महामारीको केन्द्रबिन्दु बनेको युरोपका तीन देशमा मात्रै आइतबार ४७९ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण आइतबार एकै दिन इटालीमा ३६८ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ।

यस्तै स्पेनमा आइतबार एकै दिन ९७ संक्रमितको मृत्यु भएको छ। योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या २८८ पुगेको स्पेनी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

यस्तै आइतबारै फ्रान्समा २९ जनाको मृत्यु भएको छ। योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या १२० पुगेको छ।

यसैगरी बेलायतमा पनि आइतबार एकै दिन १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

इटाली, स्पेन, फ्रान्स र बेलायतमा गरी कोरोना संक्रमणका कारण आइतबार एकै दिन अहिलेसम्मकै धेरै ५ सय ८ जनाको मृत्यु भएको हो।

बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भइसकेको छ।

गत डिसेम्बरमा चीनको उहान सहरबाट सुरु भएको कोरोना संक्रमण पछिल्लो समय चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ।

अहिलेसम्म विश्वभर कोरोनाका कारण कूल ६ हजार ६५ जनाको मृत्यु भएको छ। तीमध्ये चीनका मात्रै ३ हजार ८५ जना छन्।

यस्तै विश्वभरमा अहिलेसम्म संक्रमितको संख्या १ लाख ६२ हजार ६८७ पुगेको छ। त्यसमा चीनका मात्रै ८१ हजार ३ जना छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .