ad ad

छापा खबर


फिल्म हल बन्द नगर्ने चलचित्र संघको निर्णय

फिल्म हल बन्द नगर्ने चलचित्र संघको निर्णय

नेपालखबर
चैत ३, २०७६ सोमबार १:२१,

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरे पनि फिल्म हलहरु भने बन्द नहुने भएका छन्।

आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले फिल्म हलहरु बन्द नगर्ने निर्णय गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।

देशभर सञ्चालन भइरहेका सयबढी हल बन्द नगर्ने निर्णय गरिएको संघका सदस्य गोपालकाजी कायस्थले जानकारी दिए।

उनले कोरोना भाइरसका कारण फिल्म हलहरुको व्यापारमा असर पुगेको हुँदा सरकारलाई कर मिनाहासहित राहत दिन आग्रह गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .