समाज


धनुषामा मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

धनुषामा मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

शैलेन्द्र महतो
चैत २, २०७६ आइतबार १२:८,

धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ बगेवाका ५५ वर्षका रतन दासको पनि मदिरा सेवनबाट मृत्यु भएको छ।

उनी मदिरा सेवनका कारण शनिबार बिरामी परेका थिए। उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका उनको आइतबार दिउँसो मृत्यु भएको आफन्त केबलकुमार दासले जानकारी दिए।

उनीसँगै धनुषामा घरेलु मदिराको सेवनबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।

आइतबार बिहान धनुषाको क्षीरेश्वरानाथ नगरपालिका–१, रमदैयाका ४५ वर्षीय रामबहादुर यादव र जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदाको पनि मृत्यु भएको थियो।

योसँगै १५ दिनको अन्तरमा धनुषाको रमदैया र जनकपुरको मुसहरी टोलमा गरेर मदिर सेवनबाट मृत्यु १८ पुगेको छ। भने अझै केही बिरामीहरु अस्पतालमा उपचार गराइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad