समाज


नोभेम्बर १७ मा देखिएको कोरोना भाइरस यसरी फैलियो

नोभेम्बर १७ मा देखिएको कोरोना भाइरस यसरी फैलियो

नेपालखबर
चैत २, २०७६ आइतबार ११:३८,

गतवर्ष कोरोना भाइरसका कारण २ सय ६६ संक्रमित बनेका थिए। हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ लाख ५७ हजार ८४४ पुगेको छ।

यसबाट मृत्यु हुनेको संख्या ५ हजार ८४६ पुगिसकेको छ। हालसम्म कोरोना भाइरसको औषधि बन्न सकेको छैन।

गत डिसेम्बर महिनाको अन्तिममा मात्र कोरोना भाइरसको संक्रमण फैलँदै गएको पत्ता लागेको थियो। यसअघि नयाँ कोरोना भाइरस मानिसमा कहिल्यै नदेखिएकाले चिकित्सकहरुले नयाँ रोगको प्रभावबारे केही ठम्याउन सकेनन्।

चीन सरकारको तथ्यांक उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले भनेको छ,‘कोरोना भाइरसको लक्षण देखिएका पहिलो संक्रमित व्यक्ति गत नोभेम्बर १७ मा हुपेइ प्रान्तको अस्पतालमा भर्ना भएका थिए।’

ती बिरामीमा निमोनिया र स्वासप्रस्वासमा समस्या देखिएको थियो। त्यसबेला नयाँ रोगबारे पहिचान हुन नसक्दा उनको सामान्य बिरामीलाई जस्तै उपचार गरिएको थियो।

सामान्य बिरामीलाई झै ती व्यक्तिलाई उपचार गरिएपछि कोरोना भाइरस दैनिक रुपमा बढ्न थालेको थियो। कोरोनाले चिनियाँ चिकित्सकहरु नै बिरामी परेका थिए।

डिसेम्बर महिनामा ती पहिलो बिरामीलाई लागेको रोगजस्तै अन्य धेरैमा देखिन थालेपछि चिकित्सकहरुले आफूहरुले नयाँ रोग पत्ता लगाएको बताएका थिए।

त्यसको दुई महिनापछि कोरोना भाइरस विश्वव्यापी बन्यो। यतिबेला विश्वका १ सय ५० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण देखिएको छ। कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरिसकेको छ।

साउथ चाइना मर्निङ पोस्टले सरकारी तथ्यांकलाई उदृत गर्दै भनेको छ,‘५५ वर्षका व्यक्ति हुपेइ प्रान्तको अस्पतालमा गत नोभेम्बर १७ मा भर्ना भएका थिए। सो मितिदेखि दैनिक रुपमा त्यहाँ त्यस्तै प्रकृतिको बिरामी बढ्न थालेका थिए।’

डिसेम्बर १५ सम्ममा हुपेइ प्रान्तको वुहानमा २७ जना संक्रमित बनिसकेका थिए। डिसेम्बर २० मा उक्त नयाँ रोगको संक्रमण ६० जनामा फैलिसकेको थियो।

डिसेम्बर २७ मा हुपेइ प्रान्तिय अस्पतालका डाक्टर झाङ जिसियानले नयाँ कोरोना भाइरस देखा परेको बताएका थिए। उनको पछि कोरोनाकै कारण निधन भएको थियो।

डिसेम्बर २७ सम्म १ सय ८० जनामा कोरोना फैलिसकेको थियो। सन् २०१९ को अन्तिम दिनसम्म यसको संक्रमण २ सय ६६ जनामा फैलिसकेको थियो।

सन् २०२० नयाँ वर्षको दिन कोरोना संक्रमितको संख्या ३८१ पुगेको थियो। यसबेलासम्म कोरोनाको खतराबारे विश्व सचेत थिएन। किनभने कोरोना भाइरसले लाग्ने यस नयाँ रोग मानिसमा देखिएको थिएन।

त्यसबीचमा वुहान, हुपेइका मानिसहरु चीन तथा विश्वका विभिन्न मुलुक भ्रमणका लागि पुगेका थिए। विश्वका पर्यटक पनि चीन पुगेका थिए।

यसरी कोरोनाको संक्रमण विभिन्न देशमा पनि देखिन थालेको थियो। फेब्रुअरीदेखि भने विश्वका अन्य मूलुकले कोरोनाको त्रासबाट बच्ने उपायहरु अबलम्ब गर्न थालेका थिए। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad