समाज


दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १८:१२, काठमाडौँ

विवादास्पद व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्ने गरी नक्कली कागजात तथा श्रव्यदृश्य सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा फैलाएको प्रसाईँमाथि आरोप छ। उनीमाथि विद्युतीय कारोबारसम्बन्धी (साइबर क्राइम) कसुरमा मुद्दा चलाउने तयारी छ।

सरकारी वकिलको रोहबरमा उनको बयान भइसकेको छ।

प्रसाईँलाई मंसिर ४ गते (मंगलबार) भक्तपुरस्थित उनकै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएर साइबर ब्युरोलाई जिम्मा लगाएको थियो। भोलिपल्ट अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।

प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै विभिन्न कागजात सामाजिक सञ्जालमा फैलाएका थिए।

प्रसाईं फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका हुन्। यसअघि असोज ६ गते पनि साइबर अपराधकै कसुरमा पक्राउ परेका थिए। उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका हुन्।

त्यतिखेर रास्वपाकी एक केन्द्रीय सदस्यको चरित्रहत्या गर्ने किसिमका अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा फैलाएको उनीमाथिको अभियोग थियो।

यसैबीच, प्रहरीले उनलाई गैरकानुनी थुनामा राखेको भनी प्रसाईँका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवदेनमा सर्वोच्च अदालतले दुई दिनभित्र उपस्थित गराउन आदेश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad