छापा खबर


के हो ‘सेल्फ क्वारेन्टाइन?’ कसरी बस्ने त्यहाँ?

के हो ‘सेल्फ क्वारेन्टाइन?’ कसरी बस्ने त्यहाँ?

नेपालखबर
चैत २, २०७६ आइतबार २:४२,

नेबल कोरोना भाइरस संक्रमणको आशंकामा बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिज ‘सेल्फ क्वारेन्टाइन’ छिन्।

चर्चित फुटबल खेलाडी रोनाल्डोसहित युभेन्टस्का अधिकांश खेलाडी, अमेरिकाको तल्लो सदनका सांसद लगायत केही चलचित्रकर्मी पनि सेल्फ क्वारेन्टाइनमा छन्।

इटालीले आफ्ना ६ करोडभन्दा बढी नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ।

आज आइतबार प्रकाशित भएको हिमाल साप्ताहिकमा डा.रामकृष्ण आचार्य लेख्छन्–संक्रमणको शंका भएको तर, स्वास्थ्य व्यक्तिले स्वयंमलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यूनीकरण र रोगको सहज पहिचान गर्ने व्यक्तिगत पहल नै सेल्फ क्वारेन्टाइन हो।

त्यस्ता व्यक्ति आफ्नै घरभित्र वा निश्चित कोठामा, तोकिएको समयसीमा (१४ दिन) अलग्गै बस्नुपर्छ।

वैदेशिक रोजगारीबाट फर्किएका, कोरोना संक्रमितसँग नजिक भएको शंका लागेका, चीन, इरान, दक्षिण कोरिया, इटाली, यूएई, जापान जस्ता अत्यन्तै जोखिमयुक्त देश हुँदै नेपाल आएका व्यक्ति १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ।

सकेसम्म सबै सुविधा भएको एउटै कोठामा बस्नुपर्छ। तर, त्यसरी बस्दा बाहिरी दुनियाँसँग निरन्तर फोन र मेसेज सम्पर्कमा रहनुपर्छ।

अलग बाथरुप र शौचालय प्रयोग गर्नुपर्छ।

समाचारका लागि आधिकारिक संचारमाध्यम पछ्याउने। सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचार नपढ्ने।

सेल्फ क्वारेन्टाइनको १४ दिनसम्म कुनै लक्षण नदेखिए पुरानो दैनिकीमा फर्कन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad