समाज


सरकारी वकिलको कार्यालयमा छविको बयान

सरकारी वकिलको कार्यालयमा छविको बयान

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १५:२०, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसँग बयान नजारी छ।

बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठको कार्यकक्षमा बयान भइरहेको प्रहरीले जनाएको छ।

जोशीलाई प्रहरीले बुधबार पोखराबाट काठमाडौँ ल्याएको हो।

जोशी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा थिए।

उनको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि पोखराबाट काठमाडौँ ल्याउने तयारी प्रहरीले गरेको छ।  

लामिछाने पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन्।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा यसअघि कुमार रम्तेलको बयान लिइसकिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad