नेपालखबर डटकमको कन्सल्टिङ एडिटर (सल्लाहकार सम्पादक)मा कुबेर चालिसे नियुक्त भएका छन्।
नेपालखबर प्रालिको त्रिपुरेश्वरस्थित कार्यालयमा एक कार्यक्रमबीच चालिसेलाई सोमबार प्रधान सम्पादक पूर्ण बस्नेतले स्वागत गरेका छन्।
चालिसे करिब ३ दशकदेखि नेपालको पत्रकारितामा क्रियाशील छन्। जनता साप्ताहिकबाट पत्रकारिता सुरु गरेका चालिसेले हिमालय टाइम्स हुँदै दि हिमालयन टाइम्स, अन्नपूर्ण पोष्ट र नागरिक दैनिकमा आर्थिक ब्युरो प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
यस्तै चालिसे लामो समय कारोबार दैनिकमा सम्पादक रहे। पछिल्लो समय क्लिकमान्डु डटकममा प्रधान सम्पादकको भूमिकामा रहेका उनले अब नेपालखबरमा कन्सल्टिङ एडिटरको भूमिका निर्वाह गर्नेछन्।
प्रधान सम्पादक बस्नेतले चालिसेलाई स्वागत गर्दै उनको विज्ञता र अनुभवबाट नेपालखबरलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरे।
चालिसेले नेपालखबर टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए।
उनले भने, ‘नेपालखबरको टिमसँग जोडिन पाउँदा खुसी लागेको छ। हामी सत्य, तथ्य र वस्तुनिष्ठ पत्रकारिताका माध्यमबाट थप अघि बढ्नेछौँ।’
Shares

प्रतिक्रिया