ad ad

समाज


घरेलु मदिराबाट १२ जनाको मृत्यु भएपछि उत्पादनमा संलग्न ७ जना पक्राउ

घरेलु मदिराबाट १२ जनाको मृत्यु भएपछि उत्पादनमा संलग्न ७ जना पक्राउ

नेपालखबर
चैत १, २०७६ शनिबार ४:५१,

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा रक्सी पिउँदा १२ जनाको मुत्यु भएपछि घरेलु मदिरा उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार स्थानीय रमानन्द साह, तारा पट्टीबालि भनिने छठियादेवी मण्डल, धुरण यादव, जगतकुमार यादव, शीतलदेवी यादव, महोतरी भंगहा नगरपालिका-३ का जगतनारायण मण्डल, धनुषा लक्ष्मिनियाँ गाउँपालिका-६ बगेवाका नवीन यादवलाई पक्राउ गरिएको हो।

घटना अनुसन्धान र सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले नेपालखबरलाई जानकारी दिए।

महोत्तरीको भंगहामा उत्पादन गरिएको मदिरा नवीनले रमदैयामा ल्याएर छठियालाई बेच्न दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घरेलु मदिरा पिउँदा बिरामी भएका थप तीन जनाको उपचारका क्रममा मृत्यु भएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा २ सतायता मदिरा मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको हो।

प्रहरीका अनुसार उपचारका क्रममा स्थानीय इन्द्रजीत महरा, शत्रुधन मण्डल र माउसराम यादवको शुक्रबार मृत्यु भएको हाे। 

यसअघि गत बुधबार र बिहीबार गरी घरेलु रक्सी पिउँदा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र धनुषाकै रूपैठा घर भई ससुराली घरमा बस्ने गरेका राजु महरासहित ५ जनाको मृत्यु भएको थियो।

यस्तै दुई साताअघि रमदैया गाउँकै बस्तीमा घरेलु मदिरा पिउँदा निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको मृत्यु भएको थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .