सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा बसको ठक्करबाट साइकलमा सवार एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १५ वर्षीया सम्झना यादव रहेकी सुनसरीका प्रहरी नायब उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए।
सम्झाना इटहरीस्थित जनता माविमा कक्षा ९ मा अध्ययनरत थिइन्।
आइतबार दिउँसाे इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हाे।
दुर्घटना गरेर भागेपछि आक्रोशित भएका स्थानीयले खनारको नहर नजिकै बसमा आगजानी गरेका छन्। आगजनीबाट बस पूर्ण रूपले जलेर नष्ट भएको छ।
बसमा आगजनी सुरु भएपछि यात्रुले बसबाट उत्रिएर ज्यान जोगाएका थिए।
453
Shares

प्रतिक्रिया