अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, कपिलवस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित पक्राउ गरेको छ।
बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।
उनीहरूको साथबाट घुस रकमसहित श्रोत नखुलेको ९६ हजार ८ सय रुपैयाँ पनि बरामद भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।
कपिलवस्तु नगरपालिका–१ स्थित गौढी चोकबाट मंगलबार नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
96
Shares

प्रतिक्रिया