राजनीति


प्रचण्डविरुद्ध बाबुरामको टिप्पणीः ३५ वर्षको अनुभवपछि अब कहिल्यै नझुक्किने प्रण गरेको छु

प्रचण्डविरुद्ध बाबुरामको टिप्पणीः ३५ वर्षको अनुभवपछि अब कहिल्यै नझुक्किने प्रण गरेको छु

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार २०:२३, काठमाडौँ

नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धकालीन सहयोद्धा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट आफू अब कहिले नझुक्किने प्रण गरेका छन्। 

दस वर्ष सँगै सशस्त्र विद्रोह गरेका बाबुरामले केही समययता प्रचण्डको निरन्तर आलोचना गरिरहेका छन्। 

२०७२ सालमै माओवादी छाडेका बाबुराम लामो समयपछि पछिल्लो आम निर्वाचन (२०७९) मा फेरि प्रचण्डसँग नजिकिएका थिए। भट्टराईले प्रचण्डका लागि आफूले चुनाव जितिरहेको गोरखा क्षेत्र नम्बर २ छाडिदिएका थिए।

२०७९ मंसिर ४ को निर्वाचनमा प्रचण्डले पनि भट्टराई नेतृत्वको तत्कालीन नेपाल समाजवादी पार्टी (नेसपा) लाई आफ्नो पार्टीको चुनाव चिह्न दिए। 

गोरखा-२ बाट प्रचण्ड विजयी भए र प्रधानमन्त्री बने। चुनावपछि माओवादी केन्द्र र नेसपाबीच एकीकरण हुने भनिएको थियो।

तर २०८० चैतमा नेसपाका अर्का अध्यक्ष महीन्द्रा राय यादव पक्ष मात्र माओवादी केन्द्रमा मिसियोे, बाबुरामले नेसपा छाडेनन्। 

त्यसयता उनले प्रचण्डको खोइरो खनिरहेका छन्। 

यही सिलसिलामा डा. भट्टराईले मंगलबार फेरि एकपटक प्रचण्डविरुद्ध शाब्दिक प्रहार गरेका हुन्। 

उनले सामाजिक ससञ्जालमा लेखेका छन्, ‘प्रसिद्ध भनाइ छ- सबैलाई केही समय झुक्क्याउन सकिन्छ। केहीलाई सधैँभर झुक्क्याउन सकिन्छ। तर सबैलाई सधैँभर झुक्याउन सकिन्न। परन्तु लामो सत्ताले मदहोस भएका प्रचण्डजस्ता केही मान्छे ठान्दछन्- सबैलाई सधैँभर झुक्क्याउन सकिन्छ। उनको पछिल्लो हर्कत त्यसैको दसी हो। अब उनीबाट झुक्किने नझुक्किने सबैले आफैँ सोच्ने कुरा हो। मैले त ३५ वर्षको प्रत्यक्ष अनुभवपछि गम्भीर आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad