आज (शुक्रबार) चार प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिएको हो।
यस्तै राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
81
Shares

प्रतिक्रिया