एनपीएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ।
टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले जर्सी सार्वजनिक गरेका हुन्।
जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए।
पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरी लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताए।
‘जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौं, उनले भने, ‘गण्डकीमा हिम पर्वत शृंखलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउन लागिरहेका छौं। यसमा हामी गम्भीर हुनुपर्ने छ। यसमा एउटा सन्देश दिनका लागि पनि हामी आएका छौं।’
बिहीबार पाहुनाको स्वागतमा गण्डकीमा र्याली निकालेको उनले जानकारी दिए। त्यहाँको स्वतस्फूर्त सहभागिताले क्रिकेटप्रतिको क्रेज देखाएको त्रिपाठीको भनाइ छ।
जोन्टी रोड्सले पोखरा एभेनजर्सको जर्सी सार्वजनिक गरेका थिए।
‘पोखरामा आबद्व हुँदा उत्साहित छु। मेरो अनुभव र ज्ञानले पोखरामात्र होइन, नेपालको क्रिकेटको उदयका लागि योगदान हुनेछ’, उनले भने।
जोन्टीले नेपालले के गर्छ भनेर हेर्न आतुर रहेको बताए।
‘क्रिकेटमा धेरै अवसर छ। नेपालको भविष्य उज्जवल छ, झ उनले भने।
कार्यक्रममा पोखरा गीत प्रस्तुत गरिएको थियो।
पोखराका ब्रान्ड एम्बेस्डर सन्दीप क्षेत्रीले भने, ‘पोखरासँग मित्रवत् एसोसिएसन हो। पोखराले कुनै कुरामा कन्जुस्याइँ गरेको छैन। लोमान्थाङमै जर्सी अनावरण गर्नु पर्यटनका लागि राम्रो हो।’
जलवायु परिवर्तन र दिगो विकास पर्यटन पनि सँगसँगै हुने उनले बताए।
‘म यहाँ जोडिँदा जलवायु परिवर्तनको सन्देश दिने मात्र होइन, दिगो पर्यटनमा जोडिएको छ। म दुइटामा जोडिँदा गर्व लागेको छ’, उनले भने।
कार्यक्रममा सन्दीप क्षेत्रीले जोन्टी रोड्ससँग कुराकानी गरे।
जोन्टीले राम्रो खेलकुद पूर्वाधार, खेलको विकास र अन्तर्राष्ट्रिय स्तरको खेलाडी विकास होस् भन्ने आफ्नो चाहना रहेको बताए।
कार्यक्रममा पोखरा एभेन्जर्सको अफिसियल गीत बजाइएको थियो।
क्यानका कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासमा मोन्टीले आगमनले सघाउने बताए।
‘प्रतियोगितामा ट्रफी एउटाले जित्नेछ। तर नेपाली क्रिकेटको सहभागिताले राष्ट्रको क्षमता अभिवृद्धि गर्नेछ। नेपाली क्रिकेटका लागि सुखद हुनेछ’, उनले भने।
पोखरा एभेन्जरेसले क्लाइमेट चेन्जको म्यासेज अगाडि बढाउन खोजेकामा खड्काले धन्यवाद दिए।
१४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पाले पर्यटन र क्रिकेट एकअर्काको परिपूरक भएको बताउँदै पोखरालाई सहयोग गर्न सबैलाई अनुरोध गरे।
Shares

प्रतिक्रिया