समाज


काठमाडौँको न्यूनतम तापक्रम थप घट्यो (देशभरको विवरणसहित)

काठमाडौँको न्यूनतम तापक्रम थप घट्यो  (देशभरको विवरणसहित)

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १०:५४, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियसमा झरेको हो। 

यसअघि आजै बिहान ५:४५ बजेको रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस थियो। 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले देशभर नै तापक्रम घट्दो क्रममा छन्।

देशका अन्य स्थानमा पनि क्रमशः तापक्रम ओरालो लागिरहेको छ। 

हेर्नुहोस् देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम विवरण (अधिकतम भने साँझ मापन हुने भएकाले हिजैको हो)-

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम तथा सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया हरेक दिन न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

विन्टर अर्थात् हिउँदयाम नजिकिँदै गरेकाले चिसो बढ्दै गएको हो। 

अहिले भने नेपालमा पोस्ट मनसुन सिजन चलिरहेको छ।

गत जुन १० तारिखमा भित्रिएको मनसुन (बर्खा) अक्टोबर १२ मा नेपालबाट बाहिरिएपछि पोस्ट मनसुन सुरु भएको हो। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् जाडोयाम लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad