ग्लोबल


अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत

अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार ११:१०,

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत कायम हुने देखिएको छ। सञ्चारमाध्यमहरुले हालसम्म एक सयमध्ये ५१ सिटमा सो पार्टीले जित्ने प्रक्षेपण गरेका छन्।

यसअघि सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत थियो। सो पार्टीले ५१ सिट जितेको थियो।

तर, यसपटकको चुनावमा रिपब्लिकन पार्टीले नतिजा उल्ट्याएको हो।

त्यसका लागि ओहायोमा बर्नी मोरेनो, वेस्ट भर्जिनियामा जिम जस्टिस र नेब्रास्कामा डेब फिसरले महत्त्वपूर्ण जित हात पारे।

कानुन बनाउन मात्र होइन, नयाँ राष्ट्रपतिको प्रशासनका महत्त्वपूर्ण पदमा नियुक्तिमा पनि सिनेटको भूमिका निर्णायक हुने गर्छ।

यसपटकको चुनावपछि सिनेटमा पहिलोपटक दुई अश्वेत महिला हुने भएका छन्। डेलावेयरबाट लिजा ब्लन्ट रोचेस्टर र मेरिल्यान्डबाट एन्जेला अल्सोब्रुक्स। दुवै डेमोक्र्याटिक हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad