काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ।
तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थनमा छठका लागि तयारी सुरु गरिएको हो।
छठ पूजाका लागि काठमाडौँका गौरीघाट लगायतका नदी किनारहरू सिंगारिएका छन्। चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन्।
दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन्। त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ।
कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताए। कमलपोखरीमा २६० वटा बस्ने टेन्टहरू बनाएको तर बुकिङ गर्न आउनेहरूको संख्या तीन सय बढी भइसकेको बताए।
साढे तीन सयको संख्यामा राख्न सकिने बताउँदै उनले अर्का स्थानीय जितेन्द्र झाले छठ प्राकृतिक पूजा भएकाले भगवान सूर्यनारायणको पूजाआज गरी मनाइने बताए।
‘छठको तयारी हुँदैछ। कपडा राख्ने काम हुँदैछ। फ्रेमिङहरू भइसकेको छ। टेन्ट हाम्रो लगभग सकियो, बत्तीको काम पनि सकियो। हामीले २ सय ६० वटा घाट नम्बरिङ गरेका छौँ। तर बुकिङ गर्न आउनेहरू तीन सय बढी भइसकेको छ। साढे तीन सय जति कभर हुन्छ। पाँच दिन यता सरसफाइ भइरहेको छ,’ उनले भने।
छठ पर्वमा श्रद्धालुहरू भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन्।
गाउँगाउँमा रहेका पोखरीहरुमा समेत छठ पर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ।
Shares

प्रतिक्रिया