समाज


झापामा तीव्र गतिको मोटरसाइकल रुखमा ठोकिँदा २६ वर्षका युवकको मृत्यु, अर्का घाइते

झापामा तीव्र गतिको मोटरसाइकल रुखमा ठोकिँदा २६ वर्षका युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार १२:१८, काठमाडौँ

झापामा तीव्र गतिको मोटरसाइकल सडक छेउको रुखमा ठोकिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। 

बिर्तामोड–शनिश्चरे रोडमा पर्ने डाँस पुल नजिक शुक्रबार साँझ बा.४९ प २१५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृत्यु हुनेमा ताप्लेजुङ श्रीजङ्घा गाउँपालिका- ६ का २६ वर्षीय  सन्तोष लिम्बू रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि बिएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए। 

मोटरसाइकलको पछाडी सवार सोही ठाउँमा श्रीप्रसाद लिम्बु दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad