आज गाईपूजा। कार्तिक कृष्ण औँशीको दिन अथवा तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ। गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार पनि भनिन्छ। गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ। तर, यस वर्ष भने तिथिको घटबढका कारण लक्ष्मी पूजा अस्ति भइसकेको छ भने आज गाई तिहार पर्न गएको छ, हिजो कुनै चाड नै परेन।
आजको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यही अन्धकार रातलाई उज्यालो प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरी पूजा गरिने प्रचलन हो।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेको छ। ललितपुरको स्नेहाज केयर र काठमाडौँको चोभारमा स्थानीयले गाईको पूजा गरेका केही तस्बिर-











Shares

प्रतिक्रिया