समाज


तिहारका यी मुख्य ३ दिन कस्तो होला मौसम?

तिहारका यी मुख्य ३ दिन कस्तो होला मौसम?

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १३:५८, काठमाडौँ

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गरेको छ।

बुधबार जारी गरिएको विशेष बुलेटिनअनुसार कात्तिक १५ देखि १८ गते अर्थात् भाइटीकाका दिनसम्म कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ।

बुलेटिनमा भनिएको छ- यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशका कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।

यस्तै सो ३ दिन देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

बुलेटिनमा भनिएको छ- देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। उक्त दिनमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ।

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा पातलो (२६ देखि ५० प्रतिशतसम्म) बादल लाग्नु हो भने साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म बादल लाग्नु हो। मौसम मुख्यतया सफा भनेको चाहिँ लगभग आकाश सफा (२५ प्रतिशत मात्र बादल लाग्नु) हो। 

यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो। 

हाल नेपालमा पोस्ट मनसुन चलिरहेकोे छ, जुन सिजन नोभेम्बरसम्म रहन्छ र यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।  

हेर्नुहोस् मौसम पूर्वमानुमान महाशाखाले जारी गरेको तिहार विशेष मौसम बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad