साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा साविक विजेता बंगालदेशले भारतविरुद्ध अग्रता दोब्बर बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार खेलको पहिलो हाफ जारी रहँदा बंगलादेशले भारतविरुद्ध २–० ले अग्रता बनाएको हो।
पहिलो हाफको १८ औँ मिनेटमा अफिदा खन्डाकरको गोलमा बंगलादेशले सुरूवाती अग्रता बनाएको थियो। कप्तान सविना खातुनको कर्नरमा गोलरक्षकले पन्च गरेको बललाई अफिदाले गोल गरेकी थिईन्।
खेलको २६ औँ मिनेटमा रितु पुर्णा चक्माको प्रहर क्रसबारमा लाग्दै बाहिरिदा बंगलादेशले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो।
तर, खेलको २९ औँ मिनेटमा रितुको लामो क्रसमा तोहुरा खातुनले पहिलो बारको नजिकबाट उत्कृष्ट फिनिसिङ दिईन्।
660
Shares

प्रतिक्रिया