समाज


विस्तारा एयरका यात्रुको लगेज एक्स-रे गरिँदै

विस्तारा एयरका यात्रुको लगेज एक्स-रे गरिँदै

नयाँ दिल्लीबाट आएको विस्तारा एयरको जहाज


नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १८:१४, काठमाडौँ

नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा सवार यात्रुहरूको लगेज एक्स-रेगर्न थालिएको छ। उक्त जहाजमा बम रहेको हल्लापछि बम डिस्पोजलसहितको टोलीले विमानलाई छुट्टै राखेर यात्रुहरूको लगेज एक्स-रे गरिरहेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसएसपी डम्बर विकले नेपालखबरलाई जानकारी दिए। 

उक्त जहाजमा १ सय ५७ जना यात्रु काठमाडौं आएका थिए। ‘ह्यान्डक्यारीसहित यात्रुहरूको अध्यागमन जाँच सकिएको छ,’ एसएसपी विकले भने, ‘लगेज एक्सरेको काम भइरहेको छ। एक्सरेपछि सम्बन्धित यात्रुलाई लगेज बुझाउँदै जान्छौँ। बाँकी कुनै लगेज रह्यो भने थप अनुसन्धान हुन्छ।’

यस्तै विमानभित्र अहिले नेपाली सेनाको बम डिस्पोजल टोली, बम पत्ता लगाउने कुकुरसहित नेपाल प्रहरीले संयुक्त रुपमा सर्च गरिरहेको छ। 

अपराह्न ४ः३० मा त्रिभुवन विमानस्थलमा उक्त जहाज अवतरण गरेको थियो। 

बमको हल्लापछि त्रिभुवन विमानस्थलको उडान समेत प्रभावित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad